दफा १२
बजेट निर्धारण गर्ने
(१) समितिले संघीय संसद र सचिवालयको लागि अर्थ मन्त्रीसँग परामर्श गरी वार्षिक बजेट निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरेको बजेट नेपाल सरकारले विनियोजन विधेयकमा समावेश गर्नेछ ।
(३) संघीय संसद सचिवालयको आर्थिक प्रशासन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।